arrow

मन्त्रिपरिषद् बैठकका निर्णय

सरकारद्वारा ६५ करोड रुपैयाँ अनुदान स्वीकृत [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ७ बिहिबार
rekha-dharma-2080-08-07.jpg

काठमाडौँ । सरकारले स्वीट्जरल्याण्ड सरकारले दिने ६५ करोड रुपैयाँ अनुदान रकम स्वीकृत गरेको छ । 

बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले प्राविधिक शिक्षाको क्षेत्रमा स्वीट्जरल्याण्ड सरकारले प्रदान गर्ने करिव ६५ करोड रुपैयाँ अनुदान स्वीकृत गर्ने निर्णय गरेको हो । 

बैठकले विद्युतीय सुशासन आयोगको सदस्य पदमा कञ्चनपुर निवासी पूर्णबहादुर कुँवरलाई नियुक्त गर्ने निर्णय पनि गरेको सरकारकी प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् । 

मन्त्रिपरिषद् बैठकले सरकारले गठन गरेको सुनको अवैध तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगमा प्राविधिकसहितका ४ जना जनशक्ति थप गर्ने निर्णय पनि गरेको छ । 

त्यसैगरी नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले दिनुभएको राजीनामालाई कार्तिक २४ गतेबाट लागू हुनेगरी स्वीकृत गरिएको पनि मन्त्री शर्माले जानकारी दिइन्।

त्यसैगरी मन्त्रिपरिषद्ले ऊर्जा सचिव दिनेशकुमार घिमिरेको राजीनामा पनि स्वीकृत गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ