arrow

तीन सातादेखि सुरुङमा फसेका ४१ कामदारको उद्धार हुन सकेन, प्रयास जारी 

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १० आइतबार
india-tunnel-collapse-2023.jpg
तस्बिर – फाइल ।

सिल्कयारा सुरुङ । भारतीय सेनाले आइतबार विशेष उपकरणसहित सुरुङभित्र फसेका ४१ कामदारलाई बाहिर निकाल्ने प्रयास गरेका छन् । कामदारलाई सुरुङबाट बाहिर निकाल्ने प्रयास तेस्रो सातामा प्रवेश गरेको छ । बारम्बारको असफलतापछि उनीहरूलाई बाहिर निकाल्नका लागि तीन दिशाबाट खन्ने काम जारी राखिएको छ । 

 भारतीय हवाई सेनाले तत्परताका साथ काम गरिरहेको आइतबार बताएको छ । हिमाली राज्य उत्तराखण्डको निर्माणाधीन सिल्कयारा सुरुङ मार्ग आंशिकरूमा भत्किएपछि उद्धार कार्यका लागि सेनाले तत्परता देखाएको हो । 

   इन्जिनियरहरूले ५७ मिटर चट्टान र कङ्क्रिटबाट धातुको पाइप तेर्सोरूपमा लैजाँदा सुरुङमा पुरिएका धातुका बिम र निर्माण सवारीहरूसँग ठोक्किँदा उद्धारकर्मीहरूले उक्त दुर्गम पहाडी स्थानमा सुपरहिटेड प्लाज्मा कटर ल्याउन आग्रह गरेका छन् । 

    कामदारसम्म पुग्नुभन्दा नौ मिटरअघि नै एउटा ठूलो बोरिङ मेसिन भाँच्चिएको थियो । हातले खन्ने काम जारी राख्नुअघि बोरिङ ड्रिल र तेस्रो मार्ग अवरुद्ध पार्ने धातु हटाउनका लागि प्लाज्मा कटिङ मेसिनको प्रयोग गरिने छ । 

    भग्नावशेषमा मोटा मोटा धातुका बिमले मार्ग बनाउने कामलाई अवरुद्ध पुर्याइरहेको छ र सीमित पाइपभित्रबाट ती बिमलाई हटाउन परम्परागत अक्सिएसिटिलिन कटरको प्रयोग गर्न कठिन भएको छ । पाइपभित्र मात्र एक व्यक्तिका लागि घस्रिनका लागि पर्याप्त चौडाइ छ । 

    हवाई सेनाले धेरै विवरण उल्लेख नगरी ‘महत्त्वपूर्ण’ उक्त उपकरण मुलुकको रक्षा अनुसन्धान तथा विकास सङ्गठनबाट आएको बताएको छ । उक्त सङ्गठन सरकारको रक्षा प्रविधि अनुसन्धान शाखा हो ।
    
    उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले ८९ मिटर तल अर्को ठाडो ड्रिलिङको काम भइरहेको शनिबार बताउनुभएको थियो । सुरुङ मार्गभन्दा धेरै टाढाबाट पनि काम सुरु भएको छ । यो तेस्रो मार्ग करिब चार सय ८० मिटर लामो रहेको अनुमान गरिएको छ । 

    मङ्गलबार सुरुङभित्र फसेका कामदारहरूलाई पहिलो पटक जीवित देखिएको थियो । उद्धारकर्मीहरूले एउटा पातलो पाइपको माध्यमबाट पठाइएको एन्डोस्कोपिक क्यामेराको लेन्सलाई उनीहरूले हेरिरहेको देखिएको थियो । सोही पाइपमार्फत उनीहरूलाई हावा, खाना, पानी र  बिजुली पुर्याइएको थियो । 

    भग्नावशेष खस्ने र ड्रिलिङ मेसिन बारम्बार बिग्रिँदा उद्धार प्रयास सुस्त र जटिल भएको छ । एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ