arrow

मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १२ मंगलबार
accident-final_1618120153.jpg

पोखरा । तनहुँमा शनिबार राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा शुक्लागण्डकी नगरपालिका वडा नं. ७ का २७ वर्षीय विनोद गुरुङ रहेका छन् । 

दुर्घटनामा गम्भीर घाइते भएका गुरुङको जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

सो दुर्घटनामा घाइते भएका २९ वर्षीय अनुज गुरुङको भने पोखराको लेखनाथस्थित लेखनाथ सिटी अस्पतालमा उपचार भइरहेको छ ।

तनहुँको भिमादबाट बेलचौतारा आउँदै गरेको प्र-०३-०३० प ३८५० नम्बरको मोटरसाइकल म्याग्दे गाउँपालिका वडा नं. ५ धारापानीस्थित भिमाद-बेलचौतारा खण्डको भित्री सडकमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

मोटरसाइकल अनियन्त्रित भइ सडकबाट ६० मिटर तल थाङ्दी खोलामा खसेको बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ