arrow

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १३ बुधबार
cabinet-meet.jpg

काठमाडौँ ।बुधवार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ । 

 सरकारले रिक्त राष्ट्रिय सभा सदस्य पदको लागि आगामी माघ ११ गते निर्वाचन गर्ने निर्णय गरेको छ । 

निर्वाचन आयोगको परामर्श बमोजिम सो दिन निर्वाचन गर्ने निर्णय गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । 

त्यसै गरी बैठकले नेपाल इन्जिनियरिङ सेवातर्फ रिक्त सचिव पदमा सरिता दवाडीलाई बढुवा गर्ने निर्णय गरेको पनि उनले बताइन् । 

बैठकले भूकम्प प्रभावित जिल्ला जाजरकोटमा अस्थायी आवास निर्माण गर्ने काममा जिल्ला सुरक्षा समितिको सिफारिसको आधारमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई खटाउने निर्णय गरेको मन्त्री शर्माले बताइन् ।

मन्त्रिपरिषद्ले सैनिक विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत पाटनका न्यायाशीश लेखनाथ पौडेललाई तोक्ने निर्णय पनि गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ