arrow

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १४ बिहिबार
rekha-2080-08-14.jpg

काठमाडौँ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य बिमा बोर्डको अध्यक्ष पदमा डा. गुणराज लोहनीलाई नियुक्त गरेको छ ।

 सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बिहीबार मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै यस्तो बताएकी हुन् । 

मङ्सिर २४–२५ मा कतारको दोहामा आयोजना हुने दोहा फोरम २०२३ मा परराष्ट्र मन्त्री नारायणप्रकाश साउद नेतृत्वको प्रतिनिधिमण्डललाई सहभागी हुन स्वीकृति दिने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।

 बैठकले रोमानियाको बुखारेसस्थित नेपाली अवैतनिक वाणिज्य दूत नवराज पोखरेललाई अवैतनिक वाणिज्य दूत पदबाट हटाउने निर्णय भएको पनि गरेको छ । हेर्नुस् भिडियो-



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ