arrow

बाढीबाट सोमालियामा सयको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १६ शनिबार
somalia.jpg.jpeg

संयुक्त राष्ट्र संघ । सोमालियामा भारी वर्षाका कारण आएको बाढीका कारण झण्डै १०० जनाको मृत्यु भएको छ । बाढीबाट करिब ७ लाख ५० हजार मानिस घरबारविहीन भएको मानवीय मामिलाको समन्वयका लागि संयुक्त राष्ट्रसंघको कार्यालयले शुक्रबार जनाएको छ ।

 ‘देश विपत्तिमा छ, विनाशकारी वर्षा र बाढी फैलिरहेको छ’, एजेन्सीले उल्लेख गरेको छ । मुसलधारे वर्षाले नदीमा पानीको बहाव बछेपछि दक्षिण पश्चिम, गाल्मुडुग, पुन्टल्याण्ड, हर्साबेले र जुबाल्याण्ड, साथै बानादिर क्षेत्रका अधिकांश मानिसहरूप प्रत्यक्ष प्रभावित भएका छन् ।

 संयुक्त राष्ट्रसंघ मानवीय एजेन्सीले जनाए अनुसार लाखौँ सोमालीहरूले भोक र कुपोषणसँग लडिरहेक बेला प्राकृतिक विपत्तिले स्थिति झन् दर्दनाक बनाएको छ ।  

पाँच वर्ष मुनिका १५ लाख बालबालिका कुपोषणको चरम पीडाको सामना गरिरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ