arrow

भाजपामा खुशीयाली, चारमध्ये तीन राज्यको विधान सभाको प्रारम्भिक नतिजामा बहुमत

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १७ आइतबार
bjp-flag-2080-08-17.jpg

काठमाडौँ । भारतमा चार राज्यको विधान सभा निर्वाचनको मतगणना भइरहेको छ । बिहानदेखि शुरु भएको मतगणनाको प्रारम्भिक नतिजाअनुसार चार मध्ये तीन राज्यमा भारतीय जनता पार्टी जपाले अग्रता लिएको छ । 

साँझसम्म सबै विधानसभा सिटको अवस्था स्पष्ट हुनेछ । पहिलो चरणमै भाजपा तीन राज्यमा अगाडि हुँदा एक राज्यमा अगाडि रहेको छ । भाजपाले तीन राज्यमा स्पष्ट बहुमत हासिल गर्ने आँकडा बन्दै गएको छ । 
मध्य प्रदेश
मध्य प्रदेशमा २३० सिटमध्ये भाजपा १५४ सिटमा अगाडि छ भने कांग्रेस आई ७३ सिटमा अगाडि छ । अन्य दल केवल ३ सिटमा मात्र अगाडि छन् । यहाँ भाजपाको स्पष्ट बहमुत आउने देखिएको छ । 

छत्तीसगढ

छत्तीसगढमा ९० सिटका लागि मतदान भएको हो । जहाँ भाजपा ५० सिटमा अगाडि छ भने कांग्रेस ३८ तथा अन्य दुई सिटमा अगाडि छन् । यहाँ पनि भाजपाले बहुमत ल्याउने देखिएको छ । 

राजस्थान

राजस्थानमा १९९ सिटको लागि निर्वाचन भएको हो । जहाँ १०० सिट जित्ने पार्टीको बहुमत हुन्छ । भाजपा ११० सिट अगाडि हुँदा का)ग्रेस ६८ र अन्य २१ सिटमा अगाडि छन् । यहाँ पनि भाजपा बहुमततर्फ अगाडि देखिएको छ । 


तेलंगाना

तेलंगानामा ११९ सिटका लागि मतदान भएको हो । ६० सिट ल्याउने पार्टीले बहुमत ल्याउँछ । यहाँ कांग्रेस ६८ सिटसहित अगाडि छ । यसअघिको निर्वाचन भन्दा यसपालि कांग्रेसले निकै नै सुधार गरेको छ । पहिले कांग्रेस तेलंगानामा १९ सिटमा खुम्चिएको थियो । 

दोस्रो स्थानमा रहेको बीआरएसको ३८ सिटमा मात्र अग्रता छ । जबकि उसलाई यसअघिको निर्वाचन भन्दा ५० सिटको घाटा लागेको छ । 

भाजपा भने ९ सिटमा अग्रता लिँदै तेस्रो स्थानमा छ । यसअघिको निर्वाचनमा भाजपाले जम्मा १ सिट जितेको थियो । 


निर्वाचन कहिले र कहाँ भयो ?

छत्तीसगढमा दुई चरणमा निर्वाचन भएको थियो । पहिलो चरणमा नोभेम्बर ७ मा २० सिटका लागि मतदान भएको थियो । यसपछि १७ नोभेम्बरमा छत्तीसगढका बाँकी ७० सिट र मध्य प्रदेशका २३० सिटमा मतदान भएको थियो । 

राजस्थानमा ३० नोभेम्बरमा १९९ सिटका लागि मतदान भएको थियो भने ३० नोभेम्बरमा तेलंगानामा ११९ सिटका लागि मतदान भएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ