arrow

म्याग्दीमा जीप दुर्घटना, पाँच जना घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १९ मंगलबार
jeep accident.jpg

म्याग्दी । म्याग्दीमा सोमबार जीप दुर्घटना हुँदा चालकसहित पाँच जना घाइते भएका छन् ।

घाइते हुनेहरुमा मंगला गाउँपालिका-३ बरंजा निवासी जीपका चालकसमेत रहेका जीपधनी ४६ वर्षका कर्णबहादुर रोका, मंगला-३ का २४ वर्षीय ईन्द्र तुलाचन, बेनी-७ का प्रकाश बानियाँ, मंगला-३ का शेरबहादुर दमाई र मंगला-४ की मनकुमारी रोका रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक तथा सूचना अधिकारी कुमार गुरुङका अनुसार सबै घाइतेहरुको जिल्ला अस्पताल बेनीमा उपचार भइरहेको र सबैको अवस्था खतरामुक्त रहेको छ ।

प्रहरी निरीक्षक अशोक कुमार झाको नेतृत्वमा खटिएको प्रहरीको टोली र स्थानीयबासीहरुले घाइेतको उद्धार गरेका थिए ।

म्याग्दीको मंगला गाउँपालिका-३ बरंजाबाट सदरमुकाम बेनीतर्फ आउँदै गरेको ग१ज ८०४२ नम्बरको जिप बेनी नगरपालिका-६ डम्मरामा दुर्घटनामा परेको थियो । बेनी दरवाङ सडकबाट खसेको जीप पाखामा अड्किएको छ ।

हल्का पानी पर्दा पिच सडक चिप्लो भएको र घुम्ती मोड्ने क्रममा स्ट्रिङ फेल भई अनियन्त्रित भएर जीप खसेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ