- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । एनसेलको शेयर खरिद बिक्रीमा चलखेल भएको भन्दै नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुले विरोध प्रदर्शन गरेको छ ।
मंगलबार एनसेल कार्यालय अगाडि नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले विरोध प्रदर्शन गरेको हो ।
प्रदर्शनमा सहभागीहरुले एनसेलको आयव्यय सार्वजनिक गर, एनसेललाई राष्ट्रियकरण गर, विवादास्पद एनसेल शेयर बिक्रीको छानबिन गर, नो ट्याक्स, नो सिम, रिजेक्ट एनसेल, माफिया पोस्ने गठबन्धन सरकार मुर्दावाद, ट्याक्स चिटिङ इज अ क्राइम लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर विरोध प्रदर्शन गरिएको थियो ।
अध्यक्ष समिक बडालले आफ्ना मागहरु पूरा नभए एनसेलका गाडीहरुसमेत चल्न नदिने चेतावनी दिएका छन् ।
एनसेलको ८० प्रतिशत शेयर नेपाल बाहिरै बिक्री भएपछि विभिन्न टिकाटिप्पणी भइरहेको छ ।