arrow

मुद्रास्फीति घट्दै गएकाले मौद्रिक नीतिको समीक्षामार्फत नीतिगत दर हेरफेर गर्‍यौँ : गभर्नर [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २२ शुक्रबार
mahaprasad-adhikari-governer-22.jpg

काठमाडौँ। नेपाल नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले मुद्रास्फीति घट्दै गएकाले मौद्रिक नीतिको समीक्षामार्फत नीतिगत दर हेरफेर गरिएको बताएका छन् । 

शुक्रवार चालु आर्थिक वर्ष २०८०-०८१को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक पछि गरेको पत्रकार सम्मेलनमा बोल्दै गभर्नर अधिकारीले यस्तो बताउनु भएको हो । गभर्नर अधिकारीले कात्तिक महिनाको मुद्रास्फीति दर मौद्रिक नीतिको समीक्षामा फेवर हुने भएकाले नीतिगत दर हेरफेर गरिएको बताए । 

उनले केही दिनमा प्रकाशित हुने वर्तमान अर्थतन्त्रको तथ्याङ्कका सूचकहरूले पुष्टि हुने बताए । उनले राष्ट्र बैङ्क मुद्रास्फीति घटाउने विषयमा सचेत रहेको बताए । उनले नीतिगत दर घटाउँदा बैङ्कहरूमा ऋणको माग बढाउने अपेक्षा रहेको बताए । 

उनले अहिले बजारमा कर्जाको माग बढाउनुपर्ने भएकोले पनि नीतिगत दरहरू घटाएको बताए । उनले १० देखि १५ हजारसम्मको सानो आकारमा आन्तरिक रेमिटेन्स मात्रै खुलाउने तयारी भएको बताए ।

 उनले हुन्डी कारोबार बढेको भन्दै आन्तरिक रेमिटेन्स सेवा नै बन्द गरिदिएपछि जनतालाई एक ठाउँबाट अर्को ठाउँमा पैसा पठाउन अप्ठ्यारो हुँदै आएको गुनासो आएकाले सहज करण गर्न खोजिएको बताए । 

उनले राष्ट्र बैङ्कले अध्ययन गरेर नै नै रेमिटेन्स सेवा बन्द गरेको बताए । उनले सुरूमा १ लाखबाट घटाएर २५ हजार हुँदै बन्द गर्दा समस्या भएको विभिन्न एजेन्सीले गुनासो गरेकाले खुला गरिएको बताए । 

गभर्नर अधिकारीले २५ लाखसम्मको कर्जाको २ प्रतिशत प्रिमियमको भार बैङ्कहरूले बोक्नुपर्ने स्पष्ट पारेका छन्।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ