एउटै स्कुलमा पढ्ने बालिकालाई ब्ल्याकमेल गर्ने बालक नियन्त्रणमा
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २३ शनिबार
677
Shares
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले अश्लील भिडियो बनाई एक बालिकालाई ब्ल्याकमेल गर्ने एक जना बालकलाई पक्राउ गरेको छ ।
पोखरा महानगरपालिका वडा नं. २७ की १६ वर्षकी एक बालिकालाई एउटै स्कूलमा अध्ययनरत १६ वर्षकै बालकले बालिकाको फोटो तथा भिडियोहरुलाई अश्लील बनाई फेसबुकमा पोष्ट गरिदिन्छु, आफन्तलाईसमेत पठाएर बेइज्जत गरिदिन्छु भनी विभिन्न डर धम्की देखाई बालिकालाई मानसिक यातना दिने तथा ब्ल्याकमेल गर्ने गरेको प्रहरीले जनाएको छ ।
बालिकाका परिवारजनले दिएको उजुरीका आधारमा बालकलाई पक्राउ गरिएको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले जानकारी दिए ।
बालकलाई दुई थान मोबाइलसहित पक्राउ गरी विद्युतीय कारोवार ऐन (साइबर अपराध) मुद्दामा जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।