arrow

कारको ठक्करबाट एक विद्यार्थीको मृत्यु, एक गम्भीर घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २४ आइतबार
Accident lekhnath.jpg

पोखरा । पोखराको लेखनाथमा सवारी दुर्घटना हुँदा एक विद्यार्थीको मृत्यु भएको छ भने अर्की एक विद्यार्थी घाइते भएकी छन् । 

मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं. २५ हेम्जाकी २३ वर्षीया अनिशा खड्का रहेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

सो दुर्घटनामा गम्भीर घाइते भएकी पोखरा महानगरपालिका वडा नं. ५ जिरो किमिकी २४ वर्षीया भावना बरालको चरक मेमोरियल अस्पतालमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख, प्रहरी निरीक्षक भानु शर्माले जानकारी दिए । 

उनीहरु दुवै गण्डकी मेडिकल कलेजमा अध्ययनरत विद्यार्थी रहेको बताइएको छ ।

पोखराबाट तालचोकतर्फ जाँदै गरेको बी एए ००४१ नम्बरको कारले तालचोकबाट पोखरातर्फ आउँदै गरेको ग१३प ३५७८ नम्बरको स्कुटरलाई पोखरा-२६ सुन्दरीबजारस्थित पृथ्वी राजमार्गमा ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा परेको कार सडक छेउमा पल्टिएको थियो । 

दुर्घटनापछि कार चालक अर्घौं निवासी मानबहादुर बानियाँ र कारलाई प्रहरीले नियन्त्रणमा लिएको ट्राफिक प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ