arrow

वृद्धालाई ठक्कर दिएर भाग्ने मोटरसाइकल चालक १३ दिनपछि पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २७ बुधबार
Accident-sign.jpg

लमजुङ । जिल्ला प्रहरी कार्यालय लमजुङले सवारी दुर्घटना गराएर भागेका एक जनालाई १३ दिनपछि पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लमजुङको सुन्दरबजार नगरपालिका वडा नं. ७ का वर्ष १८ का सौगात परियार रहेका छन् । 

प्रहरीका अनुसार मंसिर १३ गते परियारले चलाएको ग९प ७६०६ नम्वरको २२० सिसिको पल्सर मोटरसाइकले लमजुङको बेसीशहर नगरपालिका वडा नं. २ बोहोरा बेसीस्थित बेसीसहर-डुम्रे सडकखण्डमा ८० वर्षीया महिलालाई ठक्कर दिएको थियो । 

सोही दुर्घटनापछि भागेका परियारलाई खोजतलास गर्नेक्रममा लमजुङको बेसीसहर नगरपालिका वडा नं. ११ स्थित चितिमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीको जनाएको छ ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी बेसीसहर नगरपालिका वडा नं. २ की मनमाया धितालको मंसिर १५ गते चितवन मेडिकल कलेजमा मृत्यु भएको थियो ।

पक्राउ गरेका परियारविरुद्ध अदालतबाट सवारी ज्यानसम्बन्धी मुद्धामा म्याद लिएर अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ