- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । सरकारले नेपाली सेनाका उपरथी अशोकराज सिग्देललाई रथी पदमा बढुवा गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उपरथी सिग्देललाई रथी पदमा बढुवा गर्ने भन्ने पनि गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।
उनलाई नेपाली सेनाका भावी प्रधानसेनातपतिका रुपमा हेरिएको छ ।
साथै सरकारले सहसचिव सेवा लम्साललाई सचिव पदमा बढुवा गरेको छ । बैठकले परराष्ट्र सेवा समीकरण तर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त एक पदमा सहसचिव सेवा लम्साललाई बढुवा गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्ले विद्युत् खपत वृद्धि तथा खनिज, इन्धन न्यूनीकरण सम्बन्धी कार्य योजना २०८० लाई स्वीकृत गरेको पनि उनले बताइन् ।
मन्त्रिपरिषद् बैठकको निर्णयबारे जानकारी दिँदै मन्त्री शर्माले भनिन् – ‘नेपाल परराष्ट्र सेवा समीकरण तर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त एक पदमा सहसचिव श्री सेवा लम्साललाई बढुवा गर्ने भन्ने निर्णय भएको छ । उन सचिवमा बढुवा हुनुभएको छ । नेपाली सेनाका उपरथी श्री अशोकराज सिग्देललाई रथी पदमा बढुवा गर्ने भन्ने निर्णय पनि भएको छ । विद्युत् खपत वृद्धि तथा खनिज, इन्धन न्यूनीकरण सम्बन्धी कार्य योजना २०८० पूर्वाधार समितिबाट आएको थियो यसलाई मन्त्रीपरिषद्ले स्वीकृत गर्ने निर्णय गरेको छ ।’