arrow

भारतमा औद्योगिक उत्पादन बढ्यो 

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २९ शुक्रबार
coal-mine-china.jpg

काठमाडौँ । औद्योगिक उत्पादन सूचकाङ्क (आइआइपी) द्वारा निर्धारण गरिएको भारतको कारखाना गतिविधि वृद्धि अक्टोबरमा ११.७ प्रतिशतले बढेको छ । 

यो पछिल्लो १६ महिना यताकै ठूलो हो । मुख्यतया खानी, उत्पादन र विद्युत् क्षेत्रले देखाएको राम्रो कार्यसम्पादनमा वृद्धि भएको हो । 

उपभोगमा आधारित वर्गीकरणअनुसार अक्टोबर महिनामा प्राथमिक वस्तुको परिसूचक १४६.१, पुँजीगत वस्तुमा १०६.९, मध्यवर्ती वस्तुको परिसूचक १५७.८ र पूर्वाधार निर्माणका वस्तुको परिसूचक १७३.९ रहेको मन्त्रालयले जनाएको छ । 

टिकाऊ वस्तुहरू अक्टोबरको लागि क्रमशः १२३.० र १४१.५ रहेको छ । सेप्टेम्बरमा आईआईपीले ५.८ प्रतिशतको वृद्धि भएको जनाएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ