arrow

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय

हात हतियार खरखजाना नियमावली १२ औँ संशोधन, सिग्देल रथीमा बढुवा [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १ आइतबार
rekha-sharma-news.jpg

काठमाडौँ ।सरकारले विद्युत् खपत वृद्धि तथा खनिज इन्धन न्यूनीकरण सम्बन्धी कार्ययोजना २०८० स्वीकृत गरेको छ । मङ्सिर २८ गते बसेको मन्त्रिपरिषद्का बैठक सार्वजनिक गर्दै सरकारका प्रवक्ता रेखा शर्माले यस्तो बताएकी हुन् । साथै नेपाली सेनाका उपरथी अशोकराज सिग्देललाई रथी दर्जामा बढुवा गरी पदस्थापन गरिएको छ । सिग्देललाई सेनामा भावी प्रधानसेनापतिको रूपमा हेरिएको छ ।

 उनकाअनुसार सरकारले क्यानेडियन स्वयंसेवक परिचालनसम्बन्धी समझदारी पत्र स्वीकृत गर्ने, फिनल्यान्डमा होलसिन्कीमा आयोजना हुने इन्टु साइटुको २२ औँ वार्षिक बैठक तथा तालिममा सहभागी हुन उपमहालेखापरीक्षक पदमराज पौडेललाई उपस्थित हुन स्वीकृत दिने, हुन्सा खोला जलविद्युत आयोजनाको लागि ताप्लेजुङ जिल्लाको फत्ताङलुङ गाउँपालिकास्थित करिब ३२९ रोपनी जग्गा प्राप्ति गर्न स्वीकृति दिने, पूर्व-पश्चिम विद्युतीय ल्याण्डमार्गको निजगढ-बर्दिबास खण्डमा पर्ने घर, टहरा तथा जग्गाहरूको मुआब्जा राहतस्वरुप क्षतिपूर्ति उपलब्ध गराउन स्वीकृति दिने, नेपाली सेनाका उपरथी अशोकराज सिग्देललाई रथी दर्जामा बढुवा गरी पदस्थापन गर्ने, नेपाली सेनाका सहायक रथी सन्तोष वल्लभ पौडेललाई उपरथी दर्जामा बढुवा गरी पदस्थापन गर्ने निर्णय गरेको छ ।

 त्यस्तै सरकारले नेपाल र कतार सरकारबीच सांस्कृतिक क्षेत्रमा एकापसमा सहयोग आदानप्रदानसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्न स्वीकृति दिने, दुनु नगरपालिका दैलेख, फलेवास नगरपालिका पर्वत, गलकोट नगरपालिका बागलुङ, जलजला गाउँपालिका पर्वत, कालीमाटी गाउँपालिका सल्यान, पाँचखपन नगरपालिका सङ्खुवासभा, छत्रदेव गाउँपालिका अर्घाखाँची, अहर्नमा गाउँपालिका सिराहा, गल्छी गाउँपालिका धादिङ, गलबजार नगरपालिका सिराहा, मध्यपुर ठिमी नगरपालिका भक्तपुर, बर्दिबास नगरपालिका महोत्तरी, हैरनगर गाउँपालिका सुनसरी र राजपुर नगरपालिका रौतहटलाई स्थानीय तहको परियोजनाका लागि जग्गा प्राप्ति गर्न स्वीकृत दिने निर्णय पनि गरेको छ । 


सञ्चार तथा सूचना प्रविधि मन्त्री समेत रहेकी शर्माले सरकारले नदी तथा जल उत्पन्न विपद् व्यवस्थापन राष्ट्रिय नीति स्वीकृत गर्ने, वन्यजन्तु वासस्थान व्यवस्थापन कार्यविधि, २०८० स्वीकृत गर्ने, हात हतियार खरखजाना नियमावली १२ औँ संशोधन, २०८० स्वीकृत गर्ने, कर्जा सूचना सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सम्बन्धित मन्त्रालयमा फिर्ता गर्ने, राष्ट्रिय वृहत् जलाधार व्यवस्थापन रणनीति स्वीकृत गर्ने निर्णय गरेको बताइन् ।

यी हुन् निर्णय
क्यानेडियन स्वयंसेवक परिचालनसम्बन्धी समझदारी पत्र स्वीकृत गर्ने ।

फिनल्यान्डमा होलसिन्कीमा आयोजना हुने इन्टु साइटुको २२ औँ वार्षिक बैठक तथा तालिममा सहभागी हुन उपमहालेखापरीक्षक पदमराज पौडेललाई उपस्थित हुन स्वीकृत दिने ।

हुन्सा खोला जलविद्युत आयोजनाको लागि ताप्लेजुङ जिल्लाको फत्ताङलुङ गाउँपालिकास्थित करिब ३२९ रोपनी जग्गा प्राप्ति गर्न स्वीकृति दिने ।

पूर्व-पश्चिम विद्युतीय ल्याण्डमार्गको निजगढ-बर्दिबास खण्डमा पर्ने घर, टहरा तथा जग्गाहरूको मुआब्जा राहतस्वरुप क्षतिपूर्ति उपलब्ध गराउन स्वीकृति दिने ।

नेपाली सेनाका उपरथी अशोकराज सिग्देललाई रथी दर्जामा बढुवा गरी पदस्थापन गर्ने ।

नेपाली सेनाका सहायक रथी सन्तोष वल्लभ पौडेललाई उपरथी दर्जामा बढुवा गरी पदस्थापन गर्ने ।

नेपाल र कतार सरकारबीच सांस्कृतिक क्षेत्रमा एकापसमा सहयोग आदानप्रदानसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्न स्वीकृति दिने ।

दुनु नगरपालिका दैलेख, फलेवास नगरपालिका पर्वत, गलकोट नगरपालिका बागलुङ, जलजला गाउँपालिका पर्वत, कालीमाटी गाउँपालिका सल्यान, पाँचखपन नगरपालिका सङ्खुवासभा, छत्रदेव गाउँपालिका अर्घाखाँची, अहर्नमा गाउँपालिका सिराहा, गल्छी गाउँपालिका धादिङ, गलबजार नगरपालिका सिराहा, मध्यपुर ठिमी नगरपालिका भक्तपुर, बर्दिबास नगरपालिका महोत्तरी, हैरनगर गाउँपालिका सुनसरी र राजपुर नगरपालिका रौतहटलाई स्थानीय तहको परियोजनाका लागि जग्गा प्राप्ति गर्न स्वीकृत दिने ।

विद्युत् खपत वृद्धि तथा खनिज इन्धन न्यूनीकरण सम्बन्धी कार्ययोजना २०८० स्वीकृत गर्ने ।

नदी तथा जल उत्पन्न विपद् व्यवस्थापन राष्ट्रिय नीति स्वीकृत गर्ने ।

वन्यजन्तु वासस्थान व्यवस्थापन कार्यविधि, २०८० स्वीकृत गर्ने ।

हात हतियार खरखजाना नियमावली १२ औँ संशोधन, २०८० स्वीकृत गर्ने ।

कर्जा सूचना सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सम्बन्धित मन्त्रालयमा फिर्ता गर्ने ।

राष्ट्रिय वृहत् जलाधार व्यवस्थापन रणनीति स्वीकृत गर्ने ।

नेपाल परराष्ट्र सेवा समूह करणतर्फ राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त एक पदमा सहसचिव श्री सेवा लम्साललाई बढुवा गर्ने ।

राजपत्राङ्कित विशिष्ट श्रेणीका श्री सुरेश आचार्यसमेतका सात जना सचिवहरूको सरुवा गर्ने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ