arrow

उछिन्न खोज्दा दुई ट्याक्टर दुर्घटनामा, चार जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १ आइतबार
accident-final_1618120153.jpg

बाजुरा । मार्तडीघटमुना सडकमा पर्ने बडीमालिका नगरपालिका-२ खडीगाडमा आज बेलुकी ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

बडीमालिका नगरपालिका-२ मा बस्दै आएका ३८ वर्षीय देवराज जोशी, सोही वडामा बस्ने ३३ वर्षीया करिष्मा रोकाया, सोही नगरपालिका-१ बस्ने ३५ वर्षीय चन्द्र दानी र गौमुल गाउँपालिका-६ बस्ने ३० वर्षीय ट्याक्टर चालक हिक्मत रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक कविन्द्रसिं बोहराले जानकारी दिए ।

मार्तडीबाट गौमुल गाउँपालिकाको घटमुना जाँदै गरेको लु ४ त ७३०५ र सुपप्र ०१००२ त ४१०५ नम्बरको ट्याक्टरले एकअर्कालाई उछिन्न खोज्दा दुवै ट्याक्टर दुर्घटना भएको नायब उपरीक्षक बोहराले बताए ।

लु४त ७३०५ नम्बरको ट्याक्टर सडकको माथि पट्टी दुर्घटना भएको र सुपप्र ०१००२ त ४१०५ ट्याक्टर खडीगाड खोलामा खसेको थियो ।

लु४त ७३०५ ट्याक्टर दुर्घटना भए पनि त्यसमा सवार मानवीय क्षति नभएको र सुपप्र ०१००२ त ४१०५ नम्बरको ट्याक्टर चालकसहित चार जनाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक बोहराको भनाइ छ ।

सुपप्र ०१००२ त ४१०५ नम्बरको ट्याक्टर चालक फरार रहेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा प्रहरी निरीक्षक किशोरसिं ऐरी नेतृत्वको टोली खटिएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बोहरा बताए ।

मृतकको सनखात गरेर जिल्ला अस्पताल बाजुरामा ल्याउन लागिएको प्रहरीले बताएको छ । दुईवटै ट्याक्टरमा चार/चार सवार रहेका थिए ।



नयाँ