arrow

मोस्ट वान्टेड आतंकवादी दाउद इब्राहिम अस्पताल भर्ना

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २ सोमबार
daud-ibrahim.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । अन्डरवल्ड डन दाउद इब्राहिम अस्पताल भर्ना भएका छन् । मिडिया रिपोर्टस्का अनुसार उनी कराँचीको अस्पतालमा भर्ना भएका हुन् । यसको आधिकारिक पुष्टि भने हुन सकेको छैन । उनी उच्च सुरक्षाबीच दुई दिनदेखि अस्पतालमा भर्ना भएका हुन् । 

इन्डिया टुडेको रिपोर्टअनुसार अस्पतालको जुन तल्लामा उनलाई राखिएको छ त्यहाँ कुनै पनि बिरामीलाई राखिएको छैन । 

योसँगै दाउदलाई विष खान दिइएको भन्ने शंका अफबाह हुन सक्नेसमेत भारतीय मिडियाहरुले लेखेका छन् । 

उनको सुरक्षा यतिसम्म कडा बनाइएको छ कि उनीसम्म पुग्न कम्तीमा एक सय ५० जना मानिस भएर पुग्नु पर्नेछ । 

दाउद भारतका लागि मोस्ट वान्टेड आतंकवादी हुन् । उनको नाममा २५ लाख भारुको इनाम पनि राखिएको छ । दाउदलाई संयुक्त राष्ट्रसंघले पनि आतंकवादी घोषित गरिसकेको छ । संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्ले सन् २००३ मा दाउदमाथि २५ मिलियन अमेरिकी डलरको इनाम राखेको थियो । 

दाउदले सन् १९७० मा सिन्डिकेट डी–कम्पनी बनाएका थिए । उनीमाथि कयौँ मुद्दा दर्ता भएका छन् । 

सन् १९९३ को २५७ जना मारिएको मुम्बई बम आक्रमण पनि दाउदले नै गराएको आरोप छ । 

दाउदको जन्म २७ डिसेम्बर १९५५ मा महाराष्ट्रको रत्नागिरीमा भएको थियो । दाउदकी पत्नी जुबिना जरिन (महजबीं शेख) तथा दुई छोरी र एक छोरा छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ