arrow

स्कूटर दुर्घटनामा एक युवकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ३ मंगलबार
Accident Parbat.jpg
तस्बीर : सामाजिक सञ्जालबाट

पोखरा । पर्वतको चुवामा गएराति स्कूटर दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ ।

मृत्यु हुनेमा कुश्मा नगरपालिका वडा नं. १३ खौलालाँकुरी कुनादीका ३२ बर्षका सागर कार्की रहेका छन् ।

सोमबार राति १० बजे कुश्माबाट पोखरातर्फ आउँदै गरेको ग२१प ९५ नम्बरको स्कूटर सडक छेउको बारमा ठोक्किएर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तर्गत पोखरा-बागलुङ सडकखण्डमा पर्ने कुश्मा नगरपालिका वडा नं. ८ चुवामा सो दुर्घटना भएको हो । 

दुर्घटनामा गम्भीर घाइते भएका कार्कीलाई तत्काले उद्धार गरि जिल्ला अस्पताल पुर्याइएको थियो । त्यहाँ सामान्य उपचारपछि उनलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको थियो । पोखरा ल्याउने बित्तिकै कार्कीलाई चिकित्सकले मृत घोषणा गरेका थिए । 

प्रहरीले सिसि क्यामेराको माध्यममार्फत दुर्घटनाका बारेमा थप अनुसन्धान गरिरहेको जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ