arrow

भारतका एक सय ४१ सांसद निलम्बित 

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ३ मंगलबार
indian-parliament-2023-12-1.jpg

काठमाडौँ । भारतको संसदको हिउँदे अधिवेशनको १२ औँ दिन मंगलबार प्रतिपक्षका सांसदहरुको निलम्बनलाई लिएर दुवै सदनमा हंगामा भएको छ । विपक्ष सांसदहरुले सदनदेखि गेट र परिसरमासमेत नाराबाजी र प्रदर्शन गरेका छन् । 

लोकसभा र राज्यसभाको कार्यबाही मंगलबार पनि तीन पटक स्थगित भइसकेको छ । लोकसभामा विपक्षका ४९ सांसदलाई निलम्बन गरिएको छ । 

अहिलेसम्म १४१ प्रतिपक्षका सांसदहरुलाई निलम्बन गरिएको छ । उनीहरुले आगामी सदनको कार्यवाहीमा सहभागिता जनाउन पाउने छैनन् । 

लोकसभाको प्रश्नसूचीबाट २७ प्रशन पनि हटाइएको छ । 

सोमबार ७८ सांसदलाई निलम्बन गरिएको थियो । 

भारत स्वतन्त्र भएपछि पहिलो पटक एकैदिन यतिधेरै संख्यामा सांसदहरु निलम्बित भएका हुन् । 

यसअघि सन् १९८९ मा राजीव गान्धी सरकार भएका बेलामा ६३ सांसद निलम्बित भएका थिए । 

गत साता पनि १४ सांसद निलम्बनमा परेका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ