बोलेर हैन काम गरेर देखाउनु पर्छ – गोपालमान श्रेष्ठ
हरि पन्त,
प्रकाशित २०८० पुष ३ मंगलबार
867
Shares
पोखरा । नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले कांग्रेसले बोलेर नभइ काम गरेर देखाउनु पर्नेमा जोड दिएका छन् । नेपाली कांग्रेस गण्डकी प्रदेशको पोखराको सभागृहमा भइरहेको प्रथम सम्मेलनमा बोल्दै नेता श्रेष्ठले कांग्रेसलाई काम नगर्ने छुट नभएको बताएका हुन् ।
उनले कांग्रेसको साथ छाडेर माओवादी केन्द्रले एमालेको साथ लिएर गत वर्ष पुसमा सरकार बनाएको भन्दै त्यसलाई आफूहरुले दुई महिनामै फर्काउन सफल भएको सुनाउँदै त्यसकै फलस्वरुप चार ओटा प्रदेशमा कांग्रेसले नेतृत्व गरेको तथ्य सुनाए ।
तर सरकार बनाउँदै बसिरहने छुट कांग्रेसलाई नभएको भन्दै उनले चुनाव हारेको विषयमा छलफल र समीक्षा हुनुपर्नेमा जोड दिए ।