arrow

उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६३५ रुपैयाँ 

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ४ बुधबार
sugarcane.jpeg
तस्बिर – फाइल ।

काठमाडौँ । सरकारले उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६ सय ३५ रुपैयाँ तोकेको छ । 

बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६ सय ३५ रुपैयाँ तोकेको हो । जसमा प्रतिक्विन्टल पाँच सय ६५ रुपैयाँ उखु मिलले किसानलाई दिनुपर्नेछ भने प्रतिक्विन्टल ७० रुपैयाँ सरकारले कृषकलाई अनुदान दिने सरकारका प्रवक्ता रेखा शर्माले बताइन् । 

उनले बैठकमा सरकारको एक वर्षको कार्यप्रगतिबारे समीक्षा गरेको पनि बताइन् । 

प्रवक्ता शर्माले बैठकमा मुख्यसचिव डा. वैकुण्ठ अर्यालले सरकारका कामकारबाही तीव्र गतिमा बढाउनुपर्ने, निर्णय प्रक्रिया, ऐन, कानून निर्माणमा सुधार गर्नुपर्ने विषयमा प्रस्तुति राखेको पनि बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ