arrow

प्रस्तावित छ जनाकै नाम सर्वोच्चको न्यायाधीशमा अनुमोदन

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ४ बुधबार
supreme-court-सर्वोच्च अदालत.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित ६ जनाको नाम सर्वसम्मतले अनुमोदन गरेको छ । 

बुधबार सिंहदरबारमा बसेको समितिको बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालको नाम अनुमोदन गरेको हो । 

समितिको तर्फबाट ज्येष्ठ सदस्य सभापति पशुपतिशमेशर जबराले प्रस्तावित व्यक्तिहरुको योग्यता, क्षमता र अनुभव समेतको आधारमा संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली, २०८० को नियम २६ को उपनियम ५ बमोजिम प्रस्तावित व्यक्तिहरुलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि अनुमोदन गरेको बताए । 

उनले भने, ‘संयुक्त समिति कार्य सञ्चालन नियमावली, २०८० तथा संसदीय सुनुवाई समितिको कार्यविधि, २०८० बमोजिम समितिको सुनुवाई गर्दा प्रश्तावित व्यक्तिहरुको योग्यता, क्षमता र अनुभव समेतको आधारमा संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली, २०८० को नियम २६ को उपनियम ५ बमोजिम प्रस्तावित व्यक्तिहरुलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि अनुमोदन गर्ने ।’

समितिबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिबाट नियुक्त गर्ने संवैधानिक प्रावधान छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ