arrow

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ५ बिहिबार
Accident-sign.jpg

बारा । बाराको निजगढ नगरपालिकास्थित भमरामा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

रौतहटबाट निजगढतर्फ आउँदै गरेको बा९७प ९४४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट रौतहट जाँदै गरेको प्रदेश १-०५ ००१ प ५४९७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।

बा९७प ९४४ नम्बरका मोटरसाइकल चालक बाग्मती-३ का ३१ वर्षीय बुद्धिबहादुर बल र प्रदेश १-०५ ००१प ५४९७ नम्बरका मोटरसाइकल चालक उदयपुर कटारी-२ का ३४ वर्षीय चन्द्रदीप लामाको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता दधीराम न्यौपानेले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ