arrow

शान्ति प्रक्रियाका बाँकी काम प्रक्रियागत ढङ्गबाट टुङ्ग्याएर कार्यान्वयन गर्नुपर्छ [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ५ बिहिबार
devraj-santi.jpg

काठमाडौँ । सभामुख देवराज घिमिरेले सर्वसम्मतिबाट शान्ति प्रक्रियाका बाँकी काम टुङ्गिन नसके प्रक्रियागत ढङ्गबाट टुङ्ग्याएर कार्यान्वयन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । 

बुधवार काठमाडौँमा भएको सङ्क्रमणकालीन न्यायमा बारुदी सुरुङ र बिष्फोटक पदार्थका पीडितहरूको न्याय तथा माइन एक्सनमा समावेशिताको सवाल विषयक गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् । 

उनले सबैको साझा समस्या भएकाले सकेसम्म सर्वसम्मत रूपमा टुङ्ग्याउनुपर्ने र सर्वसम्मत हुन नसके प्रक्रियागत रूपमा टुङ्ग्याइ कार्यान्वयनको चरणमा लैजानुपर्ने बताए । 

उनले एकले अर्कोलाई दोष देखाएर नभई जिम्मेवारीमा बसेको बेलामा यसको समाधान खोज्नुपर्ने बताए । उनले शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउँदा सबै पक्षलाई समेटेर अघि बढ्नुपर्ने बताए । उनले सत्तापक्ष, प्रतिपक्ष सरकार, गैरसरकारी संस्था, बुद्धिजीवी, राजनीतिज्ञहरू सबै मिलेर शान्ति प्रक्रियाका बाँकी काम ढिलो नगरी टुङ्ग्याउनुपर्ने बताए । उनले शान्ति प्रक्रियाका बाँकी काम अमुक अमुक नेताहरूको अघि सारेर मात्रै नटुङ्गिने आशङ्का व्यक्त गरे ।

उनले भने, ‘एकले अर्कोलाई दोष देखाएर होइन, जिम्मेवारीमा बसेको बेलामा यसको समाधान गर्नु¥यो । त्यो गर्दा को सत्तामा छ यो कुराहरू होइन । के गर्नुपर्छ, यो कुरा हुनुपर्छ । के गर्दा यसको आधारभूत समाधान हुन्छ । कसैलाई जिम्मेवारी पन्छाएर होइन की यो जिम्मेवारीलाई पूरा गर्न मेरो भूमिका के हुन्छ भन्ने कुरा राजनीतिक दल, सांसद र सांसदले र अहिलेको यसलाई कार्यान्वयन गर्नुपर्ने बाधा अप्ठ्याराहरू के हुन् ? सरकारले यी सबै कुरा सोचेर यसको टुङ्गोमा पुग्नुपर्छ । जहाँसम्म समय समयमा विधेयकहरू आउने, व्यापक रूपबाट विधेयकहरू छलफल हुने, पारित हुन नसक्ने यो स्थिति देशका राजनीतिक पार्टीहरूको जिम्मेवारीमाथि भर पर्छ । अहिले हामीले यो कुरामाथि चर्चा गरिरहँदाखेरी हिजो के भएको थियो, को पीडित थियो, को पीडक थियो, कसलाई कति घाटा र कसलाई कति नाफा भयो । हिजोको आँखाले हेरेर अहिलेको दायित्व पूरा हुँदैन । हिजो त एउटा नहुनु, न व्यहोर्नुपर्ने, एउटा परिस्थिति हामीले व्यहोरेर आयौँ । त्यो विगत भयो । अब अहिले भएको स्थितिबाट अघि जानको लागि यसमा पीडित पक्ष र पीडक पक्ष र अब आउन सक्ने दिनहरूमा राष्ट्र निर्माण गर्नको लागि हाम्रो मानव जीवनलाई जीवन उपयोगी बनाउनका लागि, समाजलाई शान्तिपूर्ण ढङ्गबाट अघि लैजानको लागि हाम्रो दायित्व पूरा गर्दै देशलाई समृद्ध बनाउँदै जीवनलाई सुखी बनाउनका लागि अब हामी कसरी जाने ? हिजो व्यहोरेर आयौँ, हामीले सारा कुराहरू हिजोका डरलाग्दा दिनहरूलाई टुङ्ग्याएर यो ठाउँमा पुग्यौँ । तर अब रहेका तुषहरूलाई कसरी समाधान गर्न सकिन्छ ? त्यसमा हिजोको आँखाबाट होइन, अब के गर्नुपर्छ भन्ने आँखाबाट विगतका कुराहरूलाई गर्न सकिने राहत, मलमपट्टी, सहयोग, परिपूरण के गर्न सकिन्छ ? कतिसम्म गर्न उचित हुन्छ ? यो कुराप्रति जिम्मेवार भएर सत्तापक्ष, प्रतिपक्ष सरकार, गैरसरकारी संस्था, बुद्धिजीवी, राजनीतिज्ञ सबैले अब यसलाई ढिलो नगरी टुङ्ग्याउनुपर्छ । सरकारले संसद्मा अहिले शान्ति स्थापना गर्नको लागि टीआरसी विधेयक प्रस्तुत गरेको छ । त्यसलाई प्राथमिकताका सात छलफलमा राख्न सभामुखको नाताले दिनुपर्ने प्राथमिकता, खेल्नुपर्ने भूमिका मैले खेलेको छु । त्यसलाई प्राथमिकतामा लैजाने सन्दर्भमा पनि करिवकरिव टुङ्गिएर पनि केही केही विषय टुङ्गिन बाँकी छ । यो टुङ्ग्याउनको लागि निश्चय पनि पार्टीहरूको भूमिका त हुन्छ नै तर अहिले हाम्रोमा परिपाटी के छ भने पार्टीका शीर्ष नेताहरूले सहमति गरे हुन्थ्यो भन्नेछ । म के भन्छु भने सांसदहरूले यसमा जिम्मेवार भएर यसमा सही अडान र दृष्टिकोण राखेर यसको समाधान यसरी गर्नुपर्छ, यो ऐनलाई यसरी पारित गर्नुपर्छ, नत्र यो विधेयकमाथि नमिलेका बुँदालाई यसरी गर्नुपर्छ भनेर घनिभूत रूपबाट छलफल गर्ने र नेताहरूबाट पनि सहमति खोज्ने काम गर्नुपर्छ । यसलाई अमुक अमुक नेताहरूको अघि सारेर मात्रै सम्भवतः यो नटुङ्गिन सक्छ । त्यसैले यसलाई टुङ्ग्याउनको लागि मान्य सांसदहरू, अहिले समितिमा हुनुहुन्छ, त्यहीँ टुङ्ग्याउन कोसिस गर्नुपर्छ, समितिपछि चाँडै संसद चल्नेछ, संसद्को पूर्ण बैठकमा त्यसलाई लगेर पनि छलफल गरी टुङ्ग्याउनुपर्छ । यो टुङ्ग्याउँदा सही ढङ्गबाट ल्याइसकेको निष्कर्षमा सम्भव हुन्छ सबैको साझा समस्या हो, सर्वसम्मतिले टुङ्ग्याउने कोसिस गर्नुपर्छ, सर्वसम्मत हिसाबबाट टुङ्गिँदैन भने पनि यसलाई लामो राखेर लैजानु हुँदैन की प्रक्रिया सङ्गत ढङ्गबाट टुङ्ग्याएर कार्यान्वयन गर्ने योजना र आँटका साथ जानुपर्छ ।’

सभामुख घिमिरेले टीआरसीसँग सम्बन्धित विधेयक समितिबाटै सबैले टुङ्ग्याउन पहल गर्नुपर्ने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ