arrow

वितृष्णाको वातावरणमा प्रतिगामीहरूले खेल्ने कोसिस गर्दैछन्ः सभामुख [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ३ बिहिबार
devraj-ghimire-speaker-always.jpg

झापा । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले वितृष्णाको वातावरणमा प्रतिगामीहरूले खेल्ने कोसिस गरिरहेको बताएका छन् ।  बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । 

उनले वितृष्णाको वातावरणमा खेल्ने कोसिसलाई राजनीतिक दलहरू र सम्पूर्ण नागरिकहरूले सामना गरेर अघि बढ्नको लागि एतावद्ध हुन जरुरी रहेको बताए । उनले मुलुकलाई समृद्धिको बाटोमा अग्रसर गराउन राजनीतिक दलहरूबीच एकता रहेको बताए । 

उनले  समृद्ध मुलुकका लागि राजनीतिक दलहरूबीच एकता आवश्यक रहेको बताए । सभामुख घिमिरेले पछिल्लो समय व्यवस्था र राजनीतिक दलका विषयमा जनमानसमा नैराश्य छाएकाले गर्दा पनि राजनीतिक दलहरूमा एकता रहनु जरुरी रहेको उल्लेख गरे ।

उनले भने, ‘राष्ट्रिय समृद्धिका लागि राष्ट्रिय सहमति हुन जरुरी छ । अर्थतन्त्र बलियो बनाउने, गतिका साथ राष्ट्र निर्माणका कार्यमा अघि बढ्न, साझा सवालमा सहमति गरेर नै अघि बढ्नुपर्छ । सहमतिबाट नै योजनाहरू बन्नुपर्छ । अहिले जसरी वितृष्णाको वातावरणमा खेल्ने कोसिस भइरहेको छ, यसलाई सामना गर्न मूलतः राजनीतिक दलहरूले र सँगै सम्पूर्ण नागरिकहरूले यसको सामना गरेर अघि बढ्नको लागि एतावद्ध भएर अघि बढ्नुपर्छ ।’

सभामुख घिमिरेले सरकारले संसद्मा बिस्तारै बिजनेस दिइरहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ