arrow

दलाई लामाद्वारा बिहारको बोधगयामा बौद्ध सम्मेलन उद्घाटन

logo
एजेन्सी,
प्रकाशित २०८० पुष ४ बुधबार
dalai-lama.jpg
तस्बिर : फाइल

तिब्बत। बौद्ध धर्मका विद्वानहरूको उपस्थितिमा तिब्बती धर्म गुरु दलाई लामाले बुधवार परम्पराहरूलाई जोड्ने, आधुनिकतालाई ग्रहण गर्ने, आजको दुनियाँमा बुद्धको शिक्षामाथि एक संवाद विषयमा आयोजित तीन दिवसीय अन्तर्राष्ट्रिय सङ्घ फोरम-२०२३ को उद्घाटन गरे।

बिहारको बोधगयामा आयोजित फोरममा ३३ वटा देशहरूका बौद्ध धर्म गुरुहरू जो विभिन्न वादहरूका विद्वान हुन्, सामेल भएका छन्। 

उक्त कार्यक्रममा भारत, थाइल्याण्ड, म्यान्मार, बङ्गलादेश, कम्बोडिया, लाओस, श्रीलङ्का, तिब्बत, भुटान, नेपाल, भियतनाम, ताइवान, रुस, मङ्गोलिया, जापान र कोरिया सहित ३३ वटा देशहरूका २,५०० भन्दा अधिक बौद्ध विद्वानहरूको उपस्थिति रहेको छ। मञ्चमा आमन्त्रित मानिसहरूमा सामेल अरूणाचल प्रदेशका मुख्यमन्त्री पेमा खाण्डुले भने, दुनियाँभरिका बौद्ध विद्वानहरूको ऐतिहासिक बैठकमा सामेल हुनका लागि अन्तर्राष्ट्रिय सङ्घ मञ्चकाका आयोजकहरूद्वारा आफूलाई आमन्त्रित गरिएकोमा आफूले सौभाग्य महसुस गरिरहेका छन्। मञ्चकोलागि सय कड़ौं बौद्ध नेता अनि भिक्षुहरू बोधगयामा जुटेका छन्।

कार्यक्रमको पहिलो तीन दिनमा भिक्षु, नन औ भिक्खु विद्वानहरूमाझ बौद्ध धर्मका गहन शिक्षाहरूमाथि चर्चा सम्पन्न हुनेछ। चर्चापछि मञ्चको समापनको अन्तिम दिन बोधगयाको प्रतिष्ठित महाबोधि मन्दिरमा प्रार्थना सभा सम्पन्न हुनेछ। यसअघि पनि भारत सहित दुनियाँभरिका लगभग ५ हजार भिक्षु तथा ननहरू गत २-देखि १२ दिसम्बरसम्म १८ औँ अन्तर्राष्ट्रिय टिपिटका जप कार्यक्रमको लागि बोधगयामा भेला भएका थिए।

तीन दिवसीय उक्त फोरमका वक्ताहरूमा भिक्षु प्रो. गेशे नवाङ्ग सामतेन, भिक्षु याङ्गतेन रिनपोछे, प्रो. भिक्षु रालुवे पदमश्री थेरो, प्रो. भिक्षु चाव हवाई, प्रो. नाकाओ शिहोउ, कारलो लक्किस, बोधगया वटपाका महासचिव भिक्षु डा. रत्नेश्वर चकमा, भिक्षु वाङ्गचुक दोरजे नेगी सहित कुल ४६ जना वक्ताहरूद्वारा तीन दिनसम्म बौद्ध धर्म, पाली र संस्कृत भाषाका परम्पराहरूको आधुनिकतामाथि चर्चा गरिनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ