arrow

पोखरामा कारको ठक्करबाट दुई जनाको घटनास्थलमै मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १० मंगलबार
Accident Prasyang.jpg

पोखरा । पोखरा महानगरपालिका वडा नं. ५ प्रस्याङचोक नजिकै गएराति डरलाग्दो सवारी दुर्घटना भएको छ । सो दुर्घटनामा दुई जना पैदलयात्रीले ज्यान गुमाएका छन् । 

गएराति १ बजेतिर प्रस्याङचोकबाट सिद्धार्थचोक जाने तर्फको छेवैमा तीव्र गतिमा आएको बा१३च ३७२१ नम्वरको कारले ठक्कर दिँदा दुई पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको हो । 

कार दुर्घटनास्थलमै उत्तानो परेर पल्टिएको र कारका अगाडिको संरचना ध्वस्त छ । साथै कारको ठक्करबाट सडक पेटीभन्दा केही पर रहेको रुखसमेत जरासँगै उप्किएको छ । कार चालक फरार छन् । 

दुर्घटनामा मृत्यु भएका एक जनाको टाउको नै शरीरबाट छुटिएको मात्रै होइन टाउको धूलोपिठो भएको छ । 

मृत्यु हुनेमध्ये एक जना बागलुङको ढोरपाटन नगरपालिका वडा नं. ६ का अन्दाजी ३५ वर्षका ढालेन्द्र छन्त्याल रहेका छन् । अका एक युवकको परिचय खुल्न सकेको छैन ।

प्रहरी बिट प्रस्याङका अनुसार दुवैको शवलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । दुर्घटनामा परेको कार वडा प्रहरी कार्यालय बैदाममा राखिएको छ । कार चालकको खोजी भइरहेको कास्की प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ