arrow

यी हुन् मन्त्रिपरिषद् बैठकको निर्णय

गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण, सदस्यसचिवमा भट्टराई नियुक्त [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १२ बिहिबार
rekha-sharma-2080-09-12.jpg

काठमाडौँ । सरकारले २०८०-०८१ को लागि गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । 

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३६ हजार ५० रुपैयाँ निर्धारण गरेको हो ।

बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता रेखा शर्माले सरकारले प्रधानमन्त्री कार्यालयको हालको दरबन्दीमा ६८ वटा दरबन्दी कटौती गर्ने निर्णय गरेको बताइन् ।

उनले भनिन्, ‘प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको पुनः संरचनासहितको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण वएमएन स्वीकृति गर्ने । यसअनुसार प्रधानमन्त्री कार्यालयको हालको दरबन्दीमा ६८ वटा दरबन्दी कम हुने । 

२०८०-०८१ को लागि गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३६ हजार ५० रुपैयाँ निर्धारण गर्ने ।

सरकारले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमतर्फ रिक्त सदस्यसचिव पदमा महेश भट्टराईलाई तोकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ