arrow

घर भत्काउन थालेपछि धपाउने क्रममा हात्तीले गर्‍यो आक्रमण

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १३ शुक्रबार
elephant-stress.jpg.jpg

झापा । हात्तीको आक्रमणबाट शिवसताक्षी नगरपालिकामा आज बिहान एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा शिवसताक्षी-११ दुधेका ४५ वर्षीय मेघराज राई रहेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

कार्यालयका प्रवक्ता खगेन्द्र रिजालका अनुसार हात्तीले मध्यरातमा घर भत्काउन थालेपछि धपाउने क्रममा राईलाई आक्रमण गरेको र उनीको घटनास्थलमा नै मृत्यु भएका थियो । 

हात्तीको तोडफोडबाट रु एक लाख ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । 

योसँगै झापामा चालू आर्थिक वर्षमा हात्तीको आक्रमणबाट चार जनाको मृत्यु भइसकेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ