arrow

तनहुँमा बस दुर्घटना, १६ जना घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १३ शुक्रबार
bus-accident-tanahun-pic by tanahun police.jpg

पोखरा । तनहुँमा आज दिउँसो बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । व्यास नगरपालिका वडा नं. १० स्थित परेवाडाँडामा बस पल्टिँदा १६ जना घाइते भएका छन् ।

आज दिउँसो १२ः३० बजे दमौलीबाट लमजुङ कुन्छातर्फ जाँदै गरेको ना६ख ५४७९ नम्बरको दमौली-भोर्लेटार भित्री सडक खण्डमा दुर्घटना भएको भएको हाे।

बस अनियन्त्रित भइ सडकदेखि करिब १० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक दिलीकुमार हुमागाइँले जानकारी दिए ।

दुर्घटनामा घाइते भएकाहरूको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार पश्चात् १४ जना घर फर्किएको र दुई जनाको उपचार भइरहेको इन्स्पेक्टर हुमागाइँले बताए । उनीहरुको अवस्था मध्यम रहेको छ ।

उनका अनुसार बस चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ