arrow

खेलाडीको खेल

जबरजस्ती करणीमा सन्दीप लामिछाने दोषी ठहर [भिडियो]

दोषी लामिछानेको सजाय भने पुस २५ गतेको पेसीबाट निर्धारण हुने

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १४ शनिबार
sandeep-lamichhney-ww.jpg

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने जबरजस्ती करणीमा दोषी ठहर भएका छन् । शुक्रबार काठमाडौं जिल्ला अदालतले उनलाई जबरजस्ती करणीमा दोषी ठहर गरेको हो । जिल्ला अदालत काठमाडौँका न्यायाधीश शिशिरराज ढकालको इजलासले क्रिकेटर लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको हो । 

दोषी लामिछानेको सजाय भने पुस २५ गतेको पेसीबाट निर्धारण हुनेछ । अदालतले किशोरी नाबालिग नरहेको ठहर गरेको काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार रामु शर्माले बताए ।

उनले भने, ‘परिवर्तित नाम गौशाला २६ (६) २०७९-०८० को जाहेरीले बादी नेपाल सरकार प्रतिवादी सन्दीप लामिछाने भएको जबरजस्ती करणी मुद्दामा ८ गतेदेखि लगातार सुनुवाइ भई बहस भएको थियो । परिवर्तित नाम गौशाला २६ (६)२०७९-०८० को जाहेरी दर्खास्त प्रतिवादी सन्दीप लामिछानेको बयान परिवर्तित नाम गौशाला २६ (६) (१) २०७९-०८० राजन राणा,बाबुकाजी थापा मग, सविन श्रेष्ठ, अनिष श्रेष्ठ, समीर पुरी, सन्तोषप्रसाद अधिकारी, लालबहादुर बानियाँ, सहजाद आलम, देव खनालसमेतले गरिदिएको घटना विवरण कागज र निजहरूको बकपत्र लगायत संलग्न सिसिटिभी फुटेजको आधारमा परिवर्तित नामा गौशाला २६ (६) (१) २०७९-०८० तथा प्रतिवादी सन्दीप लामिछानेले काठमाडौँदेखि नगरकोट गइ पुनः काठमाडौं आइ होटल काठमाडौंको एउटै कोठामा बसेको देखिन्छ । सो कुरामा वादी, प्रतिवादीको विवाद रहेको समेत देखिँदैन । राती एउटै कोठामा बसेको अवस्था देखिएको सो समयमा परिवर्तित नाम गौशाला २६ (६) (१)२०७९-०८०ले करणी भएको भनेको र परिवर्तित नाम गौशाला २६ (६) (१) २०७९-०८० तथा प्रतिवादी सन्दीप लामिछानेको घटना हुँदाको दिनको क्रियाकलापको घटनाक्रम समेतले विचार गर्दा प्रतिवादी तथा परिवर्तित नाम गौशाला २६ (६) (१) २०७९-०८० का बीचमा करणी भएको देखियो । रालुका गाविस नुवाकोटको बसाईंसराई दर्ता रजिस्टार शंखरापर नगरपालिका काठमाडौंको बसाईसराई दर्ता किताब, नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जको डेलिभरी रजिस्टर, परिवर्तित नाम गौशाला २६ (६) २०७९-०८० को बकपत्र, तादि गाउँपालिका वडा नम्बर २ को वडा कार्यालय, नुवाकोटको मिति २०८०-५-०५ गते तथा मिति २०७९-७-२९ गतेको पत्र तथा सो साथ संलग्न प्रमाणसमेतबाट परिवर्तित नाम गौशाला २६ (६) (१) २०७९-०८० को जन्म मिति २०६१-३-१८ मा भएकोदेखि बलात्कार हुँदाका दिन निजको उमेर १८ वर्ष पुगिसकेको देखियो । १८ वर्ष उमेर पुगेको परिवर्तित नाम गौशाला २६ (६) (१) २०७९-०८० नाजुक आर्थिक अवस्था समेतको फाइदा उठाइ करणी भएको देखिँदा सहमतिको करणी भन्ने नदेखिएकाले प्रतिवादी सन्दीप लामिछानेले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (१,२ र ३) (ङ) बमोजिम कसुर गरेको ठहर छ । सो संहिताको दफा २१९ (३) (घ) बमोजिमको कसुर कायम गरी सजाय गरिपाउँ भन्ने अभियोग दाबी सो अर्थमा पुग्न सक्दैन । फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐन, २०७४ को दफा (न) बमोजिम सजाय निर्धारण सुनुवाइको लागि २०८०-९-२५ गते पेशी तोक्ने । सो मिति अगावै वादी प्रतिवादी तथा जाहेरवाला पक्षका कानून व्यवसायीबाट सजायपूर्वक प्रतिवेदन तथा पीडितलाई बढाउनुपर्ने क्षतिपूर्तिको रकम र सोको आधार समेत पेस गर्नु ।’

तीन वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा कसुर निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्ने भएकाले उनलाई कति वर्ष कैद सजाय हुने भन्ने तोकिएको छैन । न्यायाधीश ढकालको इजलासमै पुस २५ गते हुने सुनुवाइले लामिछानेमाथिको कैद, जरिवाना र क्षतिपूर्ति निर्धारण गर्नेछ ।



नयाँ