arrow

राप्रपा केन्द्रीय कार्यालयमा श्रद्धान्जलीसभा

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १५ आइतबार
rpp-2080-08-20.jpg

काठमाडौँ। संविधानसभा सदस्य एवम् रामेछापकी नेतृ दालकुमारी सुनुवारको पार्थिव शरीर राप्रपाको केन्द्रीय कार्यालयमा राखिने भएको छ ।

रामेछापको उमाकुण्ड घर भएकी राप्रपाको केन्द्रीय सल्लाहकार समितिकी सदस्य सुनुवारको शनिबार दिउँसो ३ बजे नेपाल क्यान्सर हस्पिटल हरिसिद्धि ललितपुरमा उपचारको क्रममा मृत्यु भएको थियो । 

सुनुवारको पार्थिव शरीर आज १० बजेदेखि श्रद्धान्जलिका लागि राप्रपाको केन्द्रीय कार्यालयमा राखिने र दिउँसो १२ बजे पशुपतिको आर्यघाटमा दाह संस्कार गर्ने कार्यक्रम तय भएको पारिवारिक स्रोतले जनाएको छ । 

राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला समिति रामेछापले शनिबार एक विज्ञप्ति प्रकाशित गरी स्वर्गीय सुनुवारको निधनले सिङ्गो पार्टी र जिल्लालाई क्षति पुगेको जनाएको छ । 

विज्ञप्तिमा दिवङ्गत आत्माको  चिर शान्तिको कामना गर्दै उन प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ ।

सुनुवार पूर्व राजपरिषद् स्थायी समितिकी सदस्य तथा सुनुवार सेवा समाज सङ्घीय सल्लाहकार समितिकी सदस्य पनि थिइन् ।

लामो समयदेखि थाइराइड क्यान्सर रोगका कारण भारतमा उपचार गराइरहेकी सुनुवारलाई केही समयदेखि नेपाल क्यान्सर हस्पिटल हरिसिद्धि ललितपुरमा राखेर उपचार गराइँदै आएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ