arrow

उद्योगमा आगलागी हुँदा छ जनाको मृत्यु, नौ घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १५ आइतबार
fire-final_1618024271.jpeg
तस्बिर – सांकेतिक ।

नयाँदिल्ली । भारतको दक्षिणपश्चिमी राज्य महाराष्ट्रको एक कारखानामा आगलागी हुँदा कम्तीमा छ जनाको मृत्यु हुनुका साथै नौ जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ । 

राज्यको छत्रपति सम्भाजीनगर जिल्लामा रहेको ह्यान्ड ग्लोब्स उत्पादन गर्ने एक उद्योगमा आगलागी भएको हो । आगलागीको कारण खुल्न सकेको छैन । घटनाको विवरण दिनका लागि आफू आधिकारिक व्यक्ति नभएको जनाउँदै एक प्रहरी अधिकारीले भने, “हामीलाई करिब १ः१५ बजे फोन गरेर आगलागी भएको जानकारी आएको थियो । हामी आगो निभाउने उपकरणसहित घटनास्थलमा पुग्यौं । आगो निभाइएको छ । छ जनाको शव फेला परेको छ ।”

“घटनाको पुष्टि गर्दै स्थानीय दमकल विभागका एक अधिकारीले भने, “घटनामा छ जनाको मृत्यु भएको र नौ जनालाई घाइते अवस्थामा स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।”

घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकोले मृतक सङ्ख्या थप हुनसक्ने उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ