arrow

एमाले सांसद कोइरी निलम्बन फुकुवापछि पहिलोपटक संसदीय समितिमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १९ बिहिबार
laxmi-mahato-koiree-kp-oli.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी बिहीबार संसदीय समितिमा सहभागी भएका छन् । सशस्त्र प्रहरीका असई थमन विकको हत्या आरोप लागेपछि निलम्बनमा परेका उनी निलम्बन फुकुवा भएसँगै पहिलोपटक बिहीबार संसदीय समिति बैठकमा सहभागी भएका हुन् । 

गत १९ बैशाखदेखि निलम्बनमा परेका कोइरी बिहीबार उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उपस्थित भएका हुन् । 

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले यही ८ पुसमा सांसद कोइलीको निलम्बन फुकुवा गरेका थिए । कोइरी गत वर्ष निर्वाचित भए पनि सार्वजनिक रुपमा खुलेआम भएका थिएनन् । 
 



नयाँ