arrow

दुईदिने नेपाल भ्रमणमा जयशंकर [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १९ बिहिबार
jayashankar-saud-rss.jpg

काठमाडौँ । दुईदिने नेपाल भ्रमणका क्रममा भारतीय विदेशमन्त्री डा एस जयशंकर नेपाल आएका छन् । 

विदेशमन्त्री जयशंकर नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन नेपाल आइपुगेका हुन् । 

उनी भारतीय विशेष विमानमार्फत आज बिहान यहाँ आइपुगेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई परराष्ट्र मन्त्री नारायणप्रकाश साउदले स्वागत गरे । 

विदेशमन्त्री जयशंकरले आजै राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रपतिको कार्यालयमा र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रधानमन्त्री निवास बालुवाटारमा छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरेका छन् । 

त्यसपछि उनी होटल याक एन्ड यतीमा संयुक्त आयोगको बैठक बस्न पुगेका छन् । उनलाई परराष्ट्र मन्त्री साउदले होटलमा स्वागत गरेका छन् ।  

परराष्ट्र मन्त्री साउदले उनी र प्रतिनिधिमण्डलका सदस्यहरूको सम्मानमा रात्रि भोजको आयोजना गर्नेछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ