arrow

ग्लोबल आईएमई बैंकको १७ औँ वार्षिकोत्सवमा लुम्बिनी र कर्णालीमा निःशुल्क स्वास्थ्य शिविर 

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १९ बिहिबार
global-ime-bank-building-fi.jpg

काठमाडौँ । ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्नो १७ औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

बैंकले लुम्बिनी प्रदेश अन्तर्गत पाल्पा जिल्लाको रैनादेबी छहरा गाँउपालिका वडा नं. ४ स्थित छहरा स्वास्थ्य चौकी र कर्णाली प्रदेश सुर्खेत जिल्ला वीरेन्द्रनगर नगरपालिका वडा नं. १३ जर्बुटा  स्वास्थ्य चौकीमा उक्त शिविर आयोजना गरेको हो । 

लुम्बिनी प्रदेशमा २०० र कर्णाली प्रदेशमा १५० भन्दा बढी महिलाहरुले आफ्नो स्वास्थ्य चेकजाँच गरेका थिए । यही पुस १७ गते मंगलबारदेखि ग्लोबल आईएमई बैंक १७ औँ वर्ष पूरा गरी १८ औँ वर्षमा प्रवेश गरेको छ ।   

उक्त अभियानअन्तर्गत बैंकले नेपाल परिवार नियोजन संघसँगको सहकार्यमा सात ओटै प्रदेशहरुमा एक दिने निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गरिरहेको छ । 

शिविरमा स्त्रीरोग विज्ञहरुले स्त्रीरोगसम्बन्धी विभिन्न सेवाहरु– महिलाको स्वास्थ्य परीक्षण, पाठेघरको क्यान्सर (भीआईए) परीक्षण, गर्भाशय प्रोल्याप्स केसको उपचार, औषधि वितरण लगायतका सेवाहरु निःशुल्क रुपमा उपलब्ध हुने बैंकले जनाएको छ । 

प्रत्येक शिविरबाट पाठेघरको क्यान्सरको प्रारम्भिक लक्षण पत्ता लागेका र पाठेघरको क्यान्सरको गम्भीर बिरामी पहिचान गरी स्वस्थ्य नारी पहल कार्यक्रमको दोस्रो चरणमा शल्यक्रिया गरी उपचार गरिने बैंकले जानकारी दिएको छ ।

ग्लोबल आईएमई बैंकले स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न समयमा यस्ता स्वास्थ्य शिविरहरुको आयोजना गरी ग्रामीण भेगका महिला तथा आम नागरिकहरुलाई प्रत्यक्ष रुपमा लाभान्वित गर्दै आएको बताएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ