arrow

भारतीय सवार कार्गो जहाज अपहरित, भारतीय नौसेना निगरानी गर्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २० शुक्रबार
india-flag.jpg
तस्बिर – फाइल ।

नयाँदिल्ली । सोमालियाको तटीय क्षेत्रमा बिहीबार राति १५ चालक दलका सदस्यसहित ‘एमभी लिला नोर्फोक’ नामक मालवाहक जहाज अपहरणमा परेको भारतीय नौसेनाले जनाएको छ । 

नौसेनाले घटनालाई नजिकबाट नियालिरहेको र त्यसतर्फ युद्धपोत पठाएको सैन्य अधिकारीले शुक्रबार बताएका छन् । सोमालियाको तटीय क्षेत्रमा बिहीबार साँझ जहाज अपहरण भएको सूचना प्राप्त भएको सैनिक अधिकारीले पुष्टि गरेका छन् । 

भारतीय नौसेनाको विमानले जहाजमा निगरानी राख्दै आएको छ । भारतीय नौसेनाको युद्धपोत आईएनएस चेन्नई स्थितिको सामना गर्न अपहरण गरिएको जहाजतर्फ अघि बढिरहेको अधिकारीले बताएका छन् ।

पछिल्लो जानकारी अनुसार उक्त जहाजमा ५–६ जना हतियारसहित केही मानिसहरु उत्रिएको देखिएको पनि बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ