arrow

राष्ट्रिय सभा सदस्यमा सिटौलाको उम्मेदवारी दर्ता

राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएपछि सिटौलाले यसो भने [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २३ सोमबार
sitoula-krishna-prasad.jpg

काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रिय सभा उम्मेदवार छनोट प्रक्रियामा भएका कमजोरीलाई थाँती राखेर गठबन्धनका उम्मेदवार जिताउन लाग्नुपर्ने बताएका छन् । सोमबार राष्ट्रिय सभा चुनावका लागि कोशी प्रदेशमा मनोनयन दर्ता गर्दै उनले यस्तो बताएका हुन् । 

उनले कांग्रेसले राष्ट्रिय सभा उम्मेदवार छनोट गरेको बारेमा आफूलाई पूरा जानकारी नरहेको र अब सबै एकजुट भएर गठबन्धन उम्मेदवार जिताउन लाग्नुपर्ने बताए ।

उनले भने, ‘राति अबेर निर्णय भयो कसरी भयो थाहा छैन, मैले सही कुरा बुझ्न पाएको छैन । आजको दिनमा गठबन्धनबाट नेपाली कांग्रेसहित गठबन्धनका साथीहरूले एकजुट भई उम्मेदवारी दर्ता गराएका छौँ । हामी गठबन्धन एक भएर निर्वाचनमा लड्छौँ । उम्मेदवार छनोट गर्दा निर्णय प्रक्रियामा जे जति भएका छन्, त्यसलाई थाँती राखेर गठबन्धनका उम्मेदवार जिताउन लाग्नेछौँ ।’

सिटौलाको प्रस्तावक प्रदीप सुनुवार र समर्थकमा हिमाल कार्की छन् । कांग्रेसका अनुभवी नेता कृष्णप्रसाद सिटौलालाई पार्टीले राष्ट्रिय सभामा टिकट दिएसँगै राष्ट्रिय सभाको अध्यक्ष बनाउने गरी नै टिकट दिएको बुझिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ