arrow

कराँचीतर्फ जाँदै गरेको बस तालमा खस्दा तीन जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २५ बुधबार
pakistan-map-geo.jpg

काठमाडौँ । पाकिस्तानको पूर्वी पञ्जाव प्रान्तको बहावलपुर जिल्लामा मंगलवार एउटा बस तालमा खस्दा तीन जनाको मृत्यु भएको छ भने अन्य १७ जना घाइते भएको उद्धार सेवाले जनाएको छ । 

मृत्यु हुनेमा दुई पुरुष र एक महिला रहेको उद्धार सेवाले जनाएको छ । 

जिल्लाको नौशेरा जादेद क्षेत्रमा यात्रुवाहक बस यू–टर्न लिने क्रममा पल्टिँदा सुक्खा तालमा खसेको थियो । 

तीन यात्रुको घटनास्थलमै मृत्यु भएको उद्धार सेवाले जनाएको छ । 

सूचना पाएपछि उद्धारकर्मी घटनास्थलमा पुगेर घाइतेलाई स्थानीय अस्पतालमा लगिएको बताइएको छ । 

बस सङ्घीय राजधानी इस्लामावादबाट दक्षिणी बन्दरगाह शहर कराँचीतर्फ जाँदै गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ