arrow

भिमाद जीप दुर्घटनामा मृतकको संख्या दुई पुग्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २५ बुधबार
accident-final.jpg

पोखरा । पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको जीप तनहुँमा दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । भिमाद नगरपालिका वडा नं. ५ सुनाकोटस्थित बारलथुम्कीको घुम्तीमा ग१ज ६३५६ नम्बरको जीप दुर्घटनामा परेको हो ।

दुर्घटनामा मृत्यु हुनेमा नवलपरासीको बौदीकाली गाउँपालिका वडा नं. २का ४२ वर्षका रुमबहादुर विक र ५५ वर्षका जेमलाल दरै रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको शुक्लागण्डकीस्थित जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका जीप चालकसहित ४ जनाको उद्धार गरि सोही अस्पतालमा उपचार भइरहेको छ ।

६ जना घाइतेलाई थप उपचारका लागि पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ