arrow

हिमालयन जाभामा ‘हाम्रो पे’बाट भुक्तानी गर्दा २०० रुपैयाँसम्म क्यासब्याक पाइने

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २६ बिहिबार
himalayan-java-offer-hamro-patro-pay.jpg

काठमाडौँ। हाम्रो पात्रोले हिमालयन जाभासँगको सहकार्यमा क्यासब्याक अफर सार्वजनिक गरेको छ। कम्पनीले हिमालयन जाभाका विभिन्न दश ओटा शाखामा हाम्रो पेमार्फत भुक्तानी गर्दा २०० रुपैयाँसम्मको क्यासब्याक दिने भएको हो।

हाम्रो पेका अनुसार यस्तो क्यासब्याक अफर १० प्रतिशत रहेको छ, जुन बढीमा २०० रुपैयाँसम्म हुनेछ। केही सातासम्म लागु हुने गरी ल्याइएको यो अफर प्राप्त गर्न हाम्रो पे वालेटमा केवाईसी भेरिफाइड भएको हुनुपर्नेछ।

हिमालयन जाभाका ठमेल, मण्डला, सिभिल मल,  मार्कोपोलो, सुनाकोठी, बीएण्डबी, कुलेश्वर र नक्सालका आउटलेटमा यो अफरको फाइदा लिन सकिने बताइएको छ।

भाटभटेनीमा समेत यतिखेर हाम्रो पेको स्पिन एन्ड बिन अफर समेत चलिरहेको छ, जस अन्तर्गत प्रयोगकर्ताहरूले प्रत्येक भुक्तानीमा १०० रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन्।

हाम्रो पे डिजिटल वालेटका लागि छुट्टै एप डाउनलोड गरिरहनु  पर्दैन। हाम्रो पात्रो एपभित्रै उक्त डिजिटल वालेटको सुविधा प्राप्त गर्न सकिन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ