arrow

घर फर्किए छुरा हानिएका विपक्षी नेता

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २६ बिहिबार
south-korean-leader-mung.jpg

काठमाडौँ । दक्षिण कोरियाको प्रमुख विपक्षी डेमोक्र्याटिक पार्टीका नेता ली जे म्युङ अस्पतालबाट डिस्चार्ज भएका छन् ।

 उनलाई गत हप्ता घाँटीमा छुरा प्रहार भएपछि अस्पताल भर्ना गरिएको थियो । 

लीले सोलको अस्पताल अगाडि पत्रकार सम्मेलनमा विपक्षीलाई मार्ने र हटाउने युद्धजस्तो राजनीतिको अन्त्य हुनुपर्ने बताउँदै आफ्नो घटनाले घृणाको राजनीति अन्त्य गर्ने र राजनीतिको पुनर्स्थापना गर्ने अवसर बन्ने विश्वास व्यक्त गरे ।

 लीलाई जनवरी २ मा दक्षिण पूर्वी बन्दरगाह शहर बुसानको भ्रमणका क्रममा ६० वर्षका एक व्यक्तिले उनको देब्रे घाँटीमा छुरा प्रहार गरेका थिए ।

बुसानमा आकस्मिक उपचारपछि उनलाई शल्यक्रियाका लागि हेलिकप्टरबाट सोलको अस्पतालमा सारिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ