arrow

विश्वप्रकाश भन्छन् - संविधान कार्यान्वयनका लागि राष्ट्रिय सभामा कृष्णप्रसाद सिटौलाको उम्मेदवारी

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २७ शुक्रबार
bishwaprakash-sharma-2080-04-08.jpg

झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रियसभा सदस्य पदका लागि कृष्णप्रसाद सिटौलाको उम्मेदवारी संविधानको पूर्ण कार्यान्वयनका लागि भएको बताएका छन् ।

बिर्तामोडको एक कार्यक्रममा महामन्त्री शर्माले शान्ति प्रक्रियाका बाँकी काम पूरा गरी संविधानको पूर्ण कार्यान्वयनका लागि नेता सिटौलाले उम्मेदवारी दिएको बताए ।

आगामी माघ ११ गते हुने तय भएको राष्ट्रियसभा सदस्यको निर्वाचनमा कोसी प्रदेशबाट उम्मेदवार बनेका सिटौलाले माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन, संविधान मस्यौदा समितिको संयोजकका रुपमा संविधान निर्माणमा महत्वपूर्ण काम गरेको बताए । 

“उम्मेदवार छनोटका लागि कांग्रेस केन्द्रीय समितिमा छलफल र बहस भएको छ । यस विषयमा पार्टीमा मतभेद छैन”, उनले भने । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ