arrow

दुर्घटनामा दुई जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २९ आइतबार
jhapa.png.png

झापा । झापाको शिवसताक्षी नगरपालिका र कमल गाउँपालिकामा भएका छुट्टाछुट्टै दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । शनिबार भएका ती दुवै दुर्घटनामा आठ जना घाइते भएका छन् ।

शिवसताक्षी-१० सैनिक चौकस्थित पूर्व-पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आइरहेको बा१४च ६६०३ नम्बरको कार र विपरीत दिशाबाट आइरहेको मे१०प ७२१२ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकल चालक दमक-९ का २३ वर्षीय अनुप ढकालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । 

ढकालको बिर्ता सिटी हस्पिटल बिर्तामोडमा उपचारका क्रममा मृत्यु भएको हो । मोटरसाइकलको पछाडि सवार मोरङको उर्लाबारी-१ का २१ वर्षीय प्रदीप बस्नेत घाइते भएका छन् । 

त्यस्तै कार चालक बिर्तामोड-३ का ५० वर्षीय अनिलकुमार शाह, कारमा सवार बिर्तामोड-४ का ५३ वर्षीय जयप्रकाश शाह, बिर्तामोड-३ का ४४ वर्षीय रञ्जन शाह र सोही ठाउँका ५३ वर्षीय ललित शाह घाइते भएका छन् ।

यस्तै शनिबार नै झापाको कमल गाउँपालिका-४ चुलाचुली मोडमा स्कुटर र दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई-३ का ७० वर्षीय रघुनाथ भट्टराई रहेका छन् । 

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे६प ३१५२ नम्बरको मोटरसाइकल र सोही दिशाबाट आउँदै गरेको प्रदेश १-०१-०१६प ८९९२ नम्बरको अर्को मोटरसाइकल एकापसमा ठोक्किँदा विपरीत दिशाबाट जाँदै गरेको प्रदेश १-०१-०१६प ७१४० नम्बरको स्कुटरसमेत ठोक्किएको थियो । 

दुर्घटनामा कनकाई-५ का ५२ वर्षीय चन्द्रप्रसाद भट्टराई र कनकाई-३ का ७० वर्षीय रघुनाथ भट्टराई घाइते भएका थिए । घाइतेमध्ये रघुनाथको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक रिजालले जानकारी दिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ