arrow

साना किसान विकास लघुवित्तको साधारण सभा सम्पन्न, पाठक अध्यक्षमा पुनः चयन

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १ सोमबार
sanakisan-laghu-bitta-2080.jpg

काठमाडौँ । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको २२औँ वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ ।

कम्पनीले शेयरधनीहरुलाई १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सभामा पारित गरेको छ । थोक कर्जा प्रदायक संस्थाका रुपमा यसले ग्रामीण क्षेत्रमा रहेका साना किसान कृषि सहकारी संस्था, लघुवित्त संस्थाहरु र समान प्रकृतिका संस्थामार्फत सेवा दिँदै आएको छ । 

साना किसान र आरएमडीसी लघुवित्त वित्तीय संस्थाले गत असारमा मर्जरपछिको एकीकृत कारोबार शुरु गरेका थिए ।

साथै सभाले संस्थाको अध्यक्षमा खेमबहादुर पाठकलाई पुनः चयन गरेको हो । यो संस्थाको अध्यक्षमा पाठक तेस्रो पटक चयन भएका हुन् ।

पाठकको नेतृत्वमा सभाले ६ सदस्यीय सञ्चालक समिति निर्विरोध चयन गरेको हो । सञ्चालकहरुमा बावुकाजी थापा, समता पन्त, सुखदेव न्यौपाने, उमेश लम्साल र भिम प्रसाद पन्त चयन भएका छन् । 

नयाँ सञ्चालक समितिको कार्यकाल ४ वर्षको हुन्छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ