साना किसान विकास लघुवित्तको साधारण सभा सम्पन्न, पाठक अध्यक्षमा पुनः चयन
हाम्रा कुरा
प्रकाशित २०८० माघ १ सोमबार
1.3k
Shares
काठमाडौँ । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको २२औँ वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ ।
कम्पनीले शेयरधनीहरुलाई १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सभामा पारित गरेको छ । थोक कर्जा प्रदायक संस्थाका रुपमा यसले ग्रामीण क्षेत्रमा रहेका साना किसान कृषि सहकारी संस्था, लघुवित्त संस्थाहरु र समान प्रकृतिका संस्थामार्फत सेवा दिँदै आएको छ ।
साना किसान र आरएमडीसी लघुवित्त वित्तीय संस्थाले गत असारमा मर्जरपछिको एकीकृत कारोबार शुरु गरेका थिए ।
साथै सभाले संस्थाको अध्यक्षमा खेमबहादुर पाठकलाई पुनः चयन गरेको हो । यो संस्थाको अध्यक्षमा पाठक तेस्रो पटक चयन भएका हुन् ।
पाठकको नेतृत्वमा सभाले ६ सदस्यीय सञ्चालक समिति निर्विरोध चयन गरेको हो । सञ्चालकहरुमा बावुकाजी थापा, समता पन्त, सुखदेव न्यौपाने, उमेश लम्साल र भिम प्रसाद पन्त चयन भएका छन् ।