arrow

बसको ठक्करबाट युवकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १ सोमबार
Accident-sign.jpg

पोखरा । स्याङ्जामा सवारी दुर्घटना हुँदा एक युवकको घटनास्थलमै ज्यान गएको छ । बसको ठक्करबाट उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । 

मृत्यु हुनेमा कालीगण्डकी गाउँपालिका वडा नं. ७ आँधीमुहानका ३० वर्षीय अजित बोटे रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी इन्द्रबहादुर रानाले जानकारी दिए ।

सोमबार बिहान ८ः४५ बजे कालीगण्डकी गाउँपालिका वडा नं.७ आँधीमुहान ड्यामस्थित भित्री सडकमा ग१ख ४१५० नम्बरको बसले पैदलयात्रा गरिरहेका बोटेलाई ठक्कर दिएको थियो । 

बस र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ