पोखरा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वतको कुश्मा नगरपालिका वडा नं. १० का वर्ष २३ का अजय नेपाली रहेका छन् ।
स्याङ्जा प्रहरीका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाका अनुसार अजयलाई पुस २९ गते साँझ ५ बजे वालिङ नगरपालिका वडा नं.९ भकुण्डेस्थित सिद्धार्थ राजमार्गबाट पक्राउ गरिएको हो ।
वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरी अधिकृतसहितको टोलीले चेकजाँच गर्ने क्रममा उनलाई पक्राउ गरिएको डिएसपी रानाले बताए ।