arrow

विद्यालयमा बेलुनमा हावा भर्ने क्रममा हाइड्रोजन सिलिन्डर विष्फोट हुँदा एक गम्भीर 

logo
युवराज रेग्मी, 
प्रकाशित २०८० माघ २ मंगलबार
bells-model-school-2080.jpg

झापा । झापाको बिर्तामोड नगरपालिका ७ गरामनीमा रहेको बेल्स मोडल अंग्रेजी विद्यालयमा हाइड्रोजन सिलिन्डर विष्फोट हुँदा एक जना गम्भीर घाइते भएका छन् ।

स्कुलको वार्षिकोत्सव मनाउने क्रममा सजावटका लागि बेलुनमा हावा भर्ने क्रममा भारतीय नागरिक गणेश सहनी सिलिन्डर विष्फोट भएर सख्त घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय झापाले  बेलुन फुलाउन ल्याइएको हाइड्रोजन ग्यास सिलिन्डर पड्किएर उक्त दुर्घटना भएको जनाएको छ  ।

 उक्त ग्यास सिलिन्डर पड्किँदा अन्दाजी ५४ वर्षीय भारतीय नागरिक सहनीको दाहिने खुट्टाको कम्मरमुनीको भाग चुँडिएको प्रहरिले जनाएको छ ।

गम्भीर अवस्थाका घाइते सहनीको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

साथै सिलिन्डर पड्किँदा निस्किएको आवाजले सोही विद्यालयमा अध्ययनरत छात्रा कुसुम तामाङको कानमा समस्या आई उपचारका सोही अस्पताल  पठाइएको प्रहरीले जनाएको छ ।

 उनको अवस्था भने खतरामुक्त रहेको जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ