arrow

मन्त्रिपरिषद्का निर्णय

‘राजनीतिक दलसम्बन्धी ऐन-२०७३ लाई संशोधन गर्न बनेको विधेयक’ संसद्‌मा पेश गरिँदै [भिडियो]

लगानी कोषको कार्यकारी निर्देशकमा कार्की नियुक्त

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ३ बुधबार
rekha-sharma-10-03.jpg

काठमाडौँ । सरकारले ‘राजनीतिक दलसम्बन्धी ऐन-२०७३ लाई संशोधन गर्न बनेको विधेयक’ सङ्घीय संसद्मा पेश गर्न स्वीकृति प्रदान गरेको छ । 

बुधवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले सो विधेयकलाई स्वीकृति प्रदान गरेसँगै सङ्घीय संसद्मा पेश गरिने भएको हो । 

गृह मन्त्रालयको प्रस्तावमा सो विधेयक सङ्घीय संसद्मा पेश गर्ने अनुमति दिइएको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले बताइन् । 

त्यसै गरी बैठकले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन-२०७६ लाई संशोधन गर्न बनेको २०८०’ जारी गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय पनि गरेको छ । सरकारले नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वतकुमार कार्कीलाई नियुक्त गरेको छ ।

मन्त्री शर्माले भनिन्, ‘अर्थ मन्त्रालयको प्रस्तावमा नागरिक लगानी कोषको कार्यकारी निर्देशक पद रिक्त थियो । त्यो रिक्त पदमा पर्वत कुमार कार्कीलाई नियुक्त गर्ने भनेर निर्णय भएको छ । अर्को अर्थ मन्त्रालयकै प्रस्तावमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश २०८० जारी गर्न नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम राष्ट्रपति समक्ष सिफारिस गर्ने भन्ने पनि निर्णय भएको छ । अर्को गृह मन्त्रालयको प्रस्तावमा राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको छ । त्यसै गरेर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा सांस्कृतिक संस्थानको रिक्त महाप्रबन्धक पदमा सानी भेरी गाउँपालिका वडा नम्बर ६ रुकुमका किरणबाबु पुनलाई नियुक्त गर्ने भन्ने निर्णय भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रस्तावमा नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिको अध्यक्ष पदमा श्री रमेशचन्द्र न्यौपानेलाई मनोनयन गर्ने र स्वास्थ्य मन्त्रालयकै प्रस्तावमा गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रको कार्यकारी निर्देशक पदमा डा. रवि मल्ललाई नियुक्ति गर्ने भन्ने निर्णय भएको छ ।’

मन्त्रिपरिषद् बैठकले गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रको कार्यकारी निर्देशकमा डा. रवि मल्ललाई नियुक्त गरेको छ । त्यसै गरी नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिको अध्यक्षमा रमेशचन्द न्यौपानेलाई मनोनयन गर्ने निर्णय पनि गरेको छ । त्यस्तै बैठकले सांस्कृतिक संस्थानको रिक्त महाप्रबन्धक पदमा किरणबाबु पुनलाई नियुक्त गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ